‘भैरहवा विमानस्थलमा गरिएको ४० अर्ब लगानी संकटमा’

विमानस्थल नियमित सञ्चालन गर्न माग

हिमाल प्रेस १२ फागुन २०७९ १७:२७
8
SHARES
‘भैरहवा विमानस्थलमा गरिएको ४० अर्ब लगानी संकटमा’ फाइल तस्बिर।

काठमाडौँ- भैरहवा विमानस्थल सञ्चालनमा नआए सरकारले पर्यटन क्षेत्रमा गरेको ४० अर्ब रुपैयाँ लगानी खेर जाने टिप्पणी गरिएको छ। एमाले सांसद वासुदेव घिमिरेले शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उक्त टिप्पणी गरेका हुन्।

विमानस्थल निर्माण भएको एक वर्ष पूरा हुँदा समेत पूर्णरूपमा सञ्चालनमा आउन नसकेको भन्दै उनले भैरहवा विमानस्थल सञ्चालनमा ल्याएर राज्यले पर्यटन क्षेत्रमा गरेको ४० अर्ब रुपैयाँ लगानी सुरक्षित गर्न माग गरे। विमानस्थलमा उडान सुरु भएपछि केही समयसम्म हप्ताको दुईवटा उडान भए पनि अहिले बन्द रहेकाले तत्काल सुचारु गर्न उनले माग गरे।

भैरहवा विमानस्थल सञ्चालनमा भारतले अनुमति नदिएकाले उडान हुन नसकेको विषयमा सम्बन्धित मन्त्रालयले संसद्लाई स्पष्ट जानकारी गराउनुपर्ने उनको भनाइ थियो। ‘भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको एक वर्ष पुग्न लागेको छ। मौसम खराब हुँदा माघ ४ गते नेपाल एयरलाइन्सको विमान भारतको कोलकाता लगेर अवतरण गरिएको थियो’ उनले भने, ‘भारतले अनुमति नदिएका कारण रोकिएको भन्ने बुझिएको छ। यो के हो? सम्बन्धित मन्त्रालयले संसदमा स्पष्ट पार्न अनुरोध गर्दछु।’

निर्माणका लागि गरिएको लगानीसहित निजीक्षेत्रले पर्यटन क्षेत्रमा गरेको ४० अर्ब रुपैयाँ बढी संकटमा परेको उनको भनाइ छ। सम्भावित संकट तत्काल मुक्त गराउनका लागि पहल गर्न उनले सरकारसँग माग गरे।

प्रकाशित: १२ फागुन २०७९ १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =