विमानस्थलको ग्राउन्ड हेन्डलिङ वायुसेवा निगमबाट खोसियो, अब खुला प्रतिस्पर्धाबाट दिइने

हिमाल प्रेस १५ मंसिर २०८० १५:२६
26
SHARES
विमानस्थलको ग्राउन्ड हेन्डलिङ वायुसेवा निगमबाट खोसियो, अब खुला प्रतिस्पर्धाबाट दिइने

काठमाडौँ- प्रतिस्पर्धाबिना नेपाल वायुसेवा निगमले पाउँदै आएको त्रिभुवन विमानस्थलको ग्राउन्ड हेन्डलिङ सेवा खोसिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको ग्राउन्ड हेन्डलिङ सेवा प्रतिस्पर्धाको आधारमा मात्रै दिने निर्णय गरेको हो।

‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५(२) बमोजिम त्रिभुवन अन्तराष्ट्रिय विमानसथलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिको माध्यमबाट छनौट ग भएको संस्था मार्फत गराउने निर्णय भएको छ,’ प्राधिकरणले उल्लेख गरेको छ, ‘हालसम्म उक्त सेवा बिना प्रतिस्पर्धा नेपाल वायुसेवा निगमले उपलब्ध गराउँदै आएको थियो।’

निगमको ठूलो आम्दानी हिस्सा समेत ग्राउन्ड हेन्डलिङबाट हुँदै आएको छ। निगमले वार्षिक करिब ५ अर्ब हाराहारी आम्दानी गर्दै आएको थियो।

प्रकाशित: १५ मंसिर २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =