धरानमा विमानस्थल सम्भाव्यता अध्ययन गर्न कमिटी गठन

हिमाल प्रेस २३ कार्तिक २०८० १५:५५
18
SHARES
धरानमा विमानस्थल सम्भाव्यता अध्ययन गर्न कमिटी गठन

काठमाडौँ- धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न कमिटी गठन गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा विमानस्थल अध्ययन गर्न कमिटी बनाइएको हो।

तीन सदस्यीय कमिटीको संयोजकमा इन्जिनियर नलबिक्रम थापा छन्। त्यस्तै अनिल बस्नेत र विमल खनालले सदस्यको जिम्मेवारी पाएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले तीन अन्तर्राष्ट्रियसहित मुलुकभर ५३ वटा विमानस्थल छन्। त्यसमध्ये २९ मा नियमित उडान भइरहेको छ।

चार विमानस्थल आंशिक रूपमा सञ्चालनमा छन् भने २० पूर्णरूपमा बन्द छन्। भएका विमानस्थल सञ्चालनमा आउन नसकेका बेला सरकारले थप विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न कमिटी गठन गरेको छ।

प्रकाशित: २३ कार्तिक २०८० १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 16 =