चितवाको छालासहित दुई पक्राउ

हिमाल प्रेस ८ फागुन २०७९ ७:२३
6
SHARES
चितवाको छालासहित दुई पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- चितुवाको छाला र वन्यजन्तुको हड्डीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटेको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका ३ टुक्कीबजारबाट उनीहरूलाई आइतबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अछाम विनायक नगरपालिका–६ का ३६ वर्षीय तुलबहादुर विक र जुम्ला तातोपानी गाउँपालिका–४ का ५० वर्षीय तुलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेको साथबाट सात फिट १० र चौडाइ चार फिट सात इन्च चितुवाको एक थान छाला बरामद भएको छ। यसैगरी, विकले चलाएको से ५ प ८०३१ नम्बरको मोटरसाइकलमा पछाडि सवार खत्रीले जेब्रा झोलामा चितुवाको छाला र हड्डी बोकेको प्रहरीको भनाइ छ।

प्रकाशित: ८ फागुन २०७९ ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =