मानव वस्तीमा पसेको चितुवा नियन्त्रणमा

हिमाल प्रेस २४ कार्तिक २०८० २०:२५
8
SHARES
मानव वस्तीमा पसेको चितुवा नियन्त्रणमा फाइल तस्बिर।

भक्तपुर- मानव वस्तीभित्र प्रवेश गरेर गठ्ठाघरका दुई जनालाई घाइते पार्ने चितुवालाई पाँच घण्टापछि नियन्त्रणमा लिएको छ।

गठ्ठाघरस्थित प्रवीन आयल स्टोरको उत्तरतर्फ रहेको बस्नेत टोलमा स्थानीय पवित्रा सुनारको घर परिसरभित्र पसेको चितुवाको आक्रमणबाट ३३ वर्षीया संगीता आलेमगर र काभ्रेपलाञ्चोक भुम्लुकी ६५ वर्षीया अमृता कँडेल आज (शुक्रबार) घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

चितुवाको आक्रमणबाट घाइते दुवै जनाको मध्यपुर अस्पतालमा उपचार गरी घर फर्काएको उनले जानकारी दिए। दुई घरको बीचमा फसेको चितुवा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय भक्तपुरको टोलीले पाँच घण्टापछि चितुवालाई नियन्त्रणमा लिए डिभिजन वन कार्यालय भक्तपुरलाई बुझाएको छ। रासस

प्रकाशित: २४ कार्तिक २०८० २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + sixteen =