कीर्तिपुरबाट नियन्त्रणमा लिइयो चितुवा

हिमाल प्रेस १० वैशाख २०८० १२:१७
4
SHARES
कीर्तिपुरबाट नियन्त्रणमा लिइयो चितुवा

काठमाडौँ- एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतंक फैलाइरहेको चितुवा आज (आइतबार) बिहान नियन्त्रणमा लिइएको छ।

विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार गत चैत २५ गते परिसरका प्रहरी सहायक निरीक्षकलाई समेत आक्रमण गरेको थियो। करिब एक महिनाअघि त्रिवि सडकबाट कीर्तिपुरतर्फ जाँदै गरेको मोटरसाइकलसँग जुधेको थियो।

त्रिवि केन्द्रीय क्याम्पसका प्राचार्य ज्ञानेन्द्र राईका अनुसार करिब एक वर्षअघिदेखि जनस्तर र त्रिवि कर्मचारीले चितुवाको जोखिमबारे कुरा उठाउँदै आएका थिए। त्यसपछि वन्यजन्तुसम्बद्ध निकायबाट पासो ल्याएर राखिएको थियो। तत्कालीन समयमा सो बाघ पासोमा नपरेपछि केही समय पासो अन्यत्र लगिएको थियो। केही समयअघि फेरि पासो थापिएको उनले बताए।

त्रिवि चितुवाको आवतजावत हुनुमा नजिकको जंगल, त्रिवि परिसरका विभिन्न स्थानमा रहेका झाडी भएको प्राचार्य राईले बताए। ‘यहाँ छाडा छोडिएका बहर र कुकुरका कारण पनि तिनको सिकार गर्न चितुवा आउँछन्, यसले गर्दा मानवसँग द्वन्द्व हुने खतरा बढेको छ,’ उनले भने।

प्रकाशित: १० वैशाख २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =