अखिलको नेतृत्व चयनका लागि भोलि ८ बजेबाट चुनाव

हिमाल प्रेस ३ फागुन २०७९ ११:५६
20
SHARES
अखिलको नेतृत्व चयनका लागि भोलि ८ बजेबाट चुनाव

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व चुन्न भोलि ८ बजेबाट मतदान सुरु हुने भएको छ। बुधबारबाट सुरु भएको महाधिवेशनमा अहिले सम्म सर्वसम्मत प्रयास भइरहेको छ। तर पदाधिकारीमा समेत सर्वसम्मत हुने सम्भावना कम छ। यही कारण निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सुरु गर्ने भएको छ।

नयाँ नेतृत्वको छनोटका लागि बुधबार दिउँसो १२ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। निर्वाचन प्रक्रिया सुरु भएसँगै बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको छ।

मंगलबार उद्घाटन भएको २३ औं महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। १५ सय ८८ जना प्रतिनिधि सहभागी रहेको महाधिवेशनले अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक-एक जना‚ उपाध्यक्ष ४ र सचिव १० गरी पदाधिकारी चयन गरेको छ।

१० सचिवमा ३ महिला, एक समावेशी र ६ खुला निर्वाचित हुनेछन्। अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला, मोति विक, झविन्द्र खत्री र महासचिव समिक बडालको दाबी रहेको छ।

उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ । त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ । सचिवमा भने ५० जनाभन्दा बढीको दाबी रहेको छ। महाधिवेशनले ४९ सदस्यीय स्थायी कमिटी चयन गर्नेछ।

मंगलबार साँझबाट प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र पनि सुरु भएको छ। बन्दसत्रले आयोजक कमिटी भंग गर्दै एमाले स्थायी समितिका सदस्य भानुभक्त ढकाल अध्यक्ष रहेको ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा खिमलाल भट्टराई, विनोद ढकाल, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, रचना खड्का, ऐन महर, सुनिता बराल रहेका छन्।

प्रकाशित: ३ फागुन २०७९ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =