एनसेलको कार्यालय अगाडि अखिलको प्रदर्शन

हिमाल प्रेस १९ मंसिर २०८० १०:४८
32
SHARES
एनसेलको कार्यालय अगाडि अखिलको प्रदर्शन

काठमाडौँ- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ।

एनसेलको सेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड बोकेका छन्।

अनेरास्ववियुका अध्यक्ष समीक बडालले काण्ड नेपालमा लामो समयसम्म लुकाइएको कारण पुँजीगत लाभकरबापत ६२ अर्ब रुपैयाँ कर छली भएको बताएका छन्।

प्रकाशित: १९ मंसिर २०८० १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =