लुम्बिनी सरकारले एक महिनापछि पायो पूर्णता

हिमाल प्रेस २८ माघ २०७९ २२:४७
80
SHARES
लुम्बिनी सरकारले एक महिनापछि पायो पूर्णता मुख्यमन्त्री लीला गिरी

बुटवल- लुम्बिनी प्रदेशमा सरकारले पूर्णता पाएको छ। नेकपा एमालेका लीला गिरी मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिला मन्त्री भएका छन्। त्यसैगरी एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादीका इन्द्रजित थारू भौतिक पूर्वाधार विकासमन्त्री, एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री, माओवादीका कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीमा नियुक्त भएका छन्।

त्यसैगरी दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, तुलसीराम शर्मा, कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका छन्।

चन्द्रदेव गुप्ता सामाजिक विकास मन्त्री नियुक्त भएको प्रदेश प्रमुख कार्यालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि एमालेबाट चेतनारायण आचार्य र माओवादीबाट कृष्णा केसी विनाविभागिय मन्त्री भएका थिए। केसीले मन्त्रालयमा असन्तुष्टि जनाएपछि दिउँसो राजिनामाको हल्ला चलेको थियो।

यी हुन् लुम्बिनीका मुख्यमन्त्री बनेका लीला गिरी

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

प्रकाशित: २८ माघ २०७९ २२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =