लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिने तयारी गरिरहँदा मुख्यमन्त्रीले हटाइदिए मन्त्री

हिमाल प्रेस २३ फागुन २०८० १४:५४
24
SHARES
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिने तयारी गरिरहँदा मुख्यमन्त्रीले हटाइदिए मन्त्री

लुम्बिनी- संघीय सरकारमा बनेको नयाँ गठबन्धनको प्रभाव लुम्बिनी प्रदेश सरकारमा पनि देखिएको छ। यसअघि कांग्रेस-माओवादीसहितको गठबन्धन सरकारबाट छुटेर माओवादी एमालेसहितको गठबन्धन सरकार बनाउन पुगेको छ। यसैको प्रभावले कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा माओवादीका दुई मन्त्रीलाई हटाइएको छ। माओवादीले सरकारलाई दिएको समर्थन लिने तयारी गरेको थाहा पाउनेबित्तिकै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीबाट मन्त्री भएकालाई हटाएका हुन्।

माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आजको बैठकले पनि समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ। केन्द्रमा बनेको सत्ता गठबन्धनका ४ दल मध्ये लुम्बिनी प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन। ८७ सदस्यीय प्रदेश सभामा राप्रपाका सांसद जानकीप्रसाद यादव काठ विक्री प्रकरणमा भ्रष्टाचार आरोपमा मुद्दा दर्ता भएपछि निलम्बनमा छन्।

सभामुखसहित ८६ सांसदमध्ये सरकार बनाउन बहुमतका लागि ४४ सांसद चाहिन्छ। नेकपा एमालेका २९, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका ३ सांसद छन्। तीन दलका सांसद संख्या ४३ मात्र हुन्छ। अर्थात बहुमत पुग्न एक सांसदको कमी हुने अवस्था छ।

१० दलको उपस्थिति रहेको प्रदेश सभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसका २७,नागरिक उन्मुक्ति पार्टीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ (निलम्बितबाहेक), लोकतान्त्रिक समाजवादी पार्टीका ३,जनमत पार्टीका ३,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक–एक जना सांसद छन्।

प्रकाशित: २३ फागुन २०८० १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =