सुरक्षाकर्मीबाट चिकित्सक कुटिनु निन्दीय कार्य, राष्ट्रपतिले माफी माग्नुपर्छ : राप्रपा

हिमाल प्रेस २८ माघ २०७९ १०:०३
14
SHARES
सुरक्षाकर्मीबाट चिकित्सक कुटिनु निन्दीय कार्य, राष्ट्रपतिले माफी माग्नुपर्छ : राप्रपा

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीबाटै यात्रु कुटिनु निन्दनीय कार्य भएको बताएको छ। प्रजातान्त्रिक मुलुकमा बाटो हिँड्ने क्रमै सुरक्षाकर्मीबाट कुटिनु गलत भएको बताएको छ।

राप्रपाका संसदीय दलका प्रमुख सचेतक एवं  प्रवक्ता  ज्ञानेन्द्र शाहीले विज्ञप्तिमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले माफी माग्नुपर्ने बताएका छन्।

‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ उनले भनेका छन्, ‘साथै सम्माननीय राष्ट्रपतले यो विषयमा चिकित्सकसँग माफी मागर्न हार्दिक अनुरोध गर्दछु ।’

राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो।

चिकित्सक सर्जरी सकेर फर्किंदै थिए। यसको चौतर्फी आलोचना भइरहेको छ।

 

प्रकाशित: २८ माघ २०७९ १०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =