‘परिचय’ खोज्दै आकाश

हिमाल प्रेस २५ माघ २०७९ १४:०१
74
SHARES

काठमाडौँ- अभिनेता तथा मोडल आकाश श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘परिचय– एक कथा’ सार्वजनिक भएको छ। गीतले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको कथा भन्छ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिसले आफ्नो पहिचानको लागि परिवार र समाजबाट भोग्नुपरेको समस्यालाई गीतको म्युजिक भिडियोमा देखाइएको छ।

गीतमा गायिका प्रविशा अधिकारीको स्वर रहेको छ। नमिता दवाडीको शब्द र ज्ञानेन्द्र गिरीको संगीत रहेको गीतमा विशाल निरौलाले संगीत संयोजन गरेका छन्।

प्रकाश धितालको निर्देशनमा बनेको म्युजिक भिडियोमा आकाशसँगै डा. रमिल र कविता रेग्मी फिचर्ड छन्।

विशाल दाहालको सम्पादनमा बनेको भिडियो नमिता दवाडीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

प्रकाशित: २५ माघ २०७९ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =