‘हिँड्दा हिँड्दै’ को गीत सार्वजनिक

हिमाल प्रेस ४ साउन २०८० १४:४९
6
SHARES
‘हिँड्दा हिँड्दै’ को गीत सार्वजनिक

काठमाडौँ- फिल्म ‘‘हिँड्दा हिँड्दै’ को गीत सार्वजनिक गरिएको छ। फिल्मको ‘हाँस्ने ओठहरू तिम्रा’ बोलको गीत बाहिरिएको छ।

गीतको भिडियोमा फिल्मका कलाकार आकाश श्रेष्ठ र रेखा शाहको अभिनय छ। गीत अन्जु पन्त र सुगम पोखरेलले गाएका हुन्। किरण माइकल घिमिरेको शब्द र संगीत रहेको गीतमा बाबु प्रधानको संगीत संयोजन छ।

भदौ १ मा प्रदर्शन हुने फिल्ममा आकाश र रेखा शाहसहित सलोन बस्नेत, सानिया खान, विकास थापामगर, विमल श्रेष्ठ र बालकलाकार अर्विन थिङ लगायतको अभिनय छ।

सुशील पंगेनीको लेखेन रहेको फिल्म मिलन आलेमगरले निर्देशन गरेका छन्। फिल्ममा सुमनकुमार तण्डुकारको छायांकन र गौतमराज खड्काको सम्पादन छ। रोमान्टिक र ड्रामा जनरामा बनेको फिल्म राज लामाले निर्माण गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eighteen =