ट्रेलरमा ‘हिँड्दा हिँड्दै’

हिमाल प्रेस १७ साउन २०८० १४:०६
10
SHARES
ट्रेलरमा ‘हिँड्दा हिँड्दै’

काठमाडौँ– भदौ १ गतेदेखि प्रदर्शन हुने फिल्म ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक गरिएको छ। करिब तीन मिनेटको सार्वजनिक ट्रेलरमा मित्रता प्रेम र सम्बन्धमा आउने उतार चढावलाई देखाइएको छ।

मिलन आले मगर निर्देशित फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत र रेखा शाह मूख्य भूमिकामा छन्।

उनीहरूसहित फिल्ममा सानिया खान, विशाल श्रेष्ठ, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकार अर्विन थिङलगायतको अभिनय छ।

सुशील पंगेनीको लेखन रहेको फिल्मका प्रस्तुतकर्ता विमल श्रेष्ठ हुन्। राज लामाले निर्माण गरेको फिल्म नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बनेको छ।

फिल्म सुमन कुमार तण्डुकारको छायांकन गरेका छन्। गौतमराज खड्को सम्पादन रहेको फिल्म किरण माइकल र तारा प्रकाश लिम्बूको संगीत, कविराज गहतराज तथा सुरेन्द्र बसेलको कोरियोग्राफीमा निर्माण भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 8 =