‘चट्ट मायालु’मा सकीसँग नाच्दै आकाश र पुष्प

हिमाल प्रेस २८ फागुन २०७९ १६:१०
12
SHARES
‘चट्ट मायालु’मा सकीसँग नाच्दै आकाश र पुष्प

काठमाडौंँ- चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ। रविमान सिंह बस्न्यातको शब्द, टीका बन्जनको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन्।

गीतमा अभिनेता आकाश श्रेष्ठ, पुष्पबहादुर खड्का, जीवन गिरीको साथमा मोडल सकी इटानीको अभिनय छ। थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल सकीले आकाश र पुष्पसँग नृत्य गरिरहेकी छन्।

भिडियोको अन्त्यमा सकी अभिनेता जीवन गिरीसँग प्रेम सम्बन्धमा रहेको देखाइएको छ। ‘मिस्टर वसिन नेपाल’ समेत रहेका अभिनेता जीवन र सकीको जोडी भिडियोमा देख्न सकिन्छ।

भिडियोका निर्देशक शिव विक हुन्। रोशन भुसालको छायांकन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन्। भिडियो सकीको अफिसियल युट्युब च्यानल सकी इटानीमार्फत सार्वजनिक भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =