प्रतितोला दुई सयले बढ्यो सुनको मूल्य

हिमाल प्रेस २५ माघ २०७९ ११:२७
4
SHARES
प्रतितोला दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौँ- सुनचाँदी बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रूपैयाँले बढेको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ८ सय तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३ सय छ। यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार १ सय थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर १ हजार ३ सय १५ तोकिएको महासंघले जनाएको छ।

प्रकाशित: २५ माघ २०७९ ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − twelve =