प्रतितोला तीन सयले घट्यो सुनको मूल्य

हिमाल प्रेस २७ पुष २०७९ ११:३९
4
SHARES
प्रतितोला तीन सयले घट्यो सुनको मूल्य फाइल तस्बिर

काठमाडौँ- सुनचाँदी बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला तीन सय रूपैयाँले घटेर १ लाख ३ हजार २ सयमा आएको छ। यो सुन मंगलबार प्रतितोला १ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ७ सय छ, यसको मूल्य अघिल्लो दिन १ लाख ३ हजार थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ६५ कायम भएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित: २७ पुष २०७९ ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =