प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य

हिमाल प्रेस २३ माघ २०७९ १२:१०
4
SHARES
प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ- सुनचाँदी बजारमा आज (सोमबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार १ सयमा कारोबार भएको उक्त सुनको मूल्य आज १ लाख ४ हजार ६ सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय छ। उक्त सुनको मूल्य अघिल्लो दिन १ लाख ३ हजार ६ सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय २० कायम रहेको महासंघले जनाएको छ।

प्रकाशित: २३ माघ २०७९ १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 16 =