त्रिवि मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिजका खेलाडी [फोटो फिचर]

हिमाल प्रेस १४ वैशाख २०८१ १५:०३
44
SHARES
त्रिवि मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिजका खेलाडी [फोटो फिचर]

काठमाडौँ- नेपाल र वेस्ट इन्डिज ‘ए’बीच शनिबार टी– २० सिरिज सुरु हुँदै छ। तीन दिनअगाडि काठमाडौँ आइपुगेको क्यारेबियन टिम अहिले अभ्यासमा छ। नेपालले घरेलु मैदानमा खेल्न लागेको यो सिरिज निकै महत्वपूर्ण मानिएको छ।

पहिलोपटक नेपाल भ्रमणमा आएको क्यारेबियन टोलीले शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा अभ्यास गरेको छ। खेलाडीहरूले त्रिवि मैदानको अवस्था बुझ्ने र त्यसअनुसार आफूलाई ढाल्ने प्रयास गरिरहेका छन्।

दुई पटकको टि-२० विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन्। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचर ए‌ टोलीमा छन्। वेस्ट इन्डिज टोलीको पहिलो पटक‌ नेपाल भ्रमणमा आउन लागेको हो।

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ। यसअघि नेपालले वेस्ट इन्डिजसँग ओडीआई खेलिसकेको छ।

वेस्ट इन्डिज ए क्रिकेट टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स।

सबै तस्बिर : क्यान।

प्रकाशित: १४ वैशाख २०८१ १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =