राजस्व चुहावट नियन्त्रण र गलत गर्ने कसैलाई नछोड्न प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस २४ माघ २०७९ १८:५०
8
SHARES
राजस्व चुहावट नियन्त्रण र गलत गर्ने कसैलाई नछोड्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धि छलफलमा बोल्दै प्रधानमन्त्री यस्तो निर्देशन दिएका हुन्।

‘अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचकहरू सकारात्मक हुँदै गएको देखियो । गत पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको देखियो,’ उनले भने, ‘तर, यसको अर्थ नेपाली अर्थतन्त्र संकटमुक्त भइसक्यो भन्ने होइन। राजस्व संकलनमा अहिले पनि केही समस्याहरू छन्। राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन जरूरी छ।’

राजस्व चुहावट भन्सारबाहेक अन्यत्र पनि भएको उनको भनाइ छ। ‘चुहावट भन्सारमा मात्र छैन, राजस्व संकलनका अन्य क्षेत्रमा पनि यो समस्या छ। यसको दायरा बढाउनुको अर्थ यसको प्रभावकारिता बढाउनु पनि हो। समन्वयात्मक ढंगले अगाडि बढ्दा परिस्थिति बदल्न सकिन्छ’ उनले भने।

उनले सबै क्षेत्रमा उच्च मनोबल र असल आचरणका साथ काम गर्न पनि सबैलाई निर्देशन दिए।

उनले थपे, ‘राजस्व प्रशासन र नियन्त्रणमा काम गरिरहेका कर्मचारी र सुरक्षाकर्मीले उच्च मनोबल र असल आचरणका साथ काम गर्नुपर्छ। प्रविधिको प्रयोग ठीक ढंगले नगरिकन चोरी नियन्त्रण र सुरक्षा प्रबन्ध पनि प्रभावकारी हुन सक्दैन । प्रविधिमैत्री अनुसन्धान र नियन्त्रणको काम जरूरी छ।’

प्रकाशित: २४ माघ २०७९ १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seventeen =