स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

हिमाल प्रेस २२ माघ २०७९ १९:५६
60
SHARES
स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रास्वपाको तर्फबाट मन्त्रिपरिषद्‌मा रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा बुझाएका हुन्।

रास्वपाको आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने तर मन्त्री भने फिर्ता बोलाउने निर्णय गरेको थियो।

प्रकाशित: २२ माघ २०७९ १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =