विपक्षी दलको बैठक : राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारको टुंगो आइतबार

हिमाल प्रेस २१ माघ २०७९ १२:३९
8
SHARES
विपक्षी दलको बैठक : राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारको टुंगो आइतबार कांग्रेस प्रमुख सचेतक रमेश लेखक

काठमाडौँ- संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुंगो लगाउने भएका छन्।

सिंहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा शनिबार बिहान बसेको कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतासम्मिलित बैठकले उम्मेदवारी आइतबार टुंगो लगाउने निर्णय गरेको हो।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संघीय संसद्‌मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको जानकारी दिए। उनले भने, ‘उम्मेवारीका सम्बन्धमा एकसरो कुराकानी र विश्लेषण भएको छ, आइतबार बिहानसम्ममा यस सम्बन्धमा हामी निर्णय गर्छौँ।’ उपाध्यक्षका लागि आइतबार मनोनयन र सोमबार निर्वाचन हुँदैछ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकमा राष्ट्रियसभा उपाध्यक्ष र अरु पदका सम्बन्धमा के–कसो गर्ने भन्नेबारे छलफल भएको बताए।

उनले भने, ‘सबै पक्षको कुरा बुझेर एउटा टुंगोमा पुग्ने भन्ने भएको छ। कसैले पनि हामीलाई चाहियो भनेर मागेका छैनन्। व्यक्तिले माग्ने एउटा कुरा भयो, राजनीतिक दल विशेष कसैले पनि भनेका छैनन्। विकसित परिस्थितिका आधारमा बसेर टुंगोमा पुग्छौँ।’

प्रकाशित: २१ माघ २०७९ १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =