सहमति कार्यान्वयन गर्न शिक्षामन्त्रीलाई महासंघको ध्यानाकर्षण

हिमाल प्रेस २० माघ २०७९ १६:५७
464
SHARES
सहमति कार्यान्वयन गर्न शिक्षामन्त्रीलाई महासंघको ध्यानाकर्षण

काठमाडौँ– नेपाल शिक्षक महासंघले यस अघि सरकारसँग भएको सहमति कार्यान्वयन गर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको ध्यानाकर्षण गराएको छ।

महासंघका पदाधिकारी सहितको टोलीले शिक्षामन्त्री खनाललाई भेटेर आफ्ना माग बारे ध्यानाकर्षण गराएको हो। यस अघि महासंघ र सरकारबीच ०७५ फाल्गुण ९ गते ३० बुँदामा र ०७८ फाल्गुण ९ गते ५१ बुँदामा शिक्षकका समस्या समाधान गर्ने सहमति भएको थियो।

सो सहमतिको कार्यान्वयनले स्थायी, अस्थायी / करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदानलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको समस्याको सम्बोधन गर्ने महासंघले जनाएको छ। महासंघले यसबाट एकै खालको सेवा, सर्त र सुविधासहित शिक्षक र कर्मचारीको समस्या समाधान हुने जनाएको छ।

महासंघले नयाँ राष्ट्रिय शिक्षा ऐन जारी गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ। आफ्नो जायज माग पूरा नभए आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =