सरकारबाट बाहिरिने/नबाहिरिने निर्णय गर्न रास्वपाको बैठक सुरु

हिमाल प्रेस १९ माघ २०७९ १७:०३
16
SHARES
सरकारबाट बाहिरिने/नबाहिरिने निर्णय गर्न रास्वपाको बैठक सुरु फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ। काठमाडौँको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक जारी छ।

बैठकबाट सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गरिने बताइएको छ।

सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसदसहित उपप्रधान एवं गृहमन्त्री पद गुमाएपछि पुरानै जिम्मेवारीमा फर्कने कसरत गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसलाई स्वीकार गरेका छैनन्।

प्रचण्ड गृहमन्त्री आफ्नै पार्टी माओवादी केन्द्रको भागमा लिन चाहन्छन्। सभापति लामिछानेलाई पुनः उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त नगरिए पार्टी सरकारबाट बाहिरिने वा अर्को सांसदलाई मन्त्रीमा सिफारिस गर्नेमध्ये एक निर्णय लिइने बताइएको छ।

सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने लामिछानेलाई नै गृहमन्त्रीमा दोहोर्‍याउन चाहन्छन्। उनले आज बिहीबारमात्रै पनि लामिछानेलाई मन्त्री नियुक्ति गर्न ढिला गर्न नहुने बताए।

सरकारबारे निर्णय गर्न रास्वपा बैठक बस्दै, मन्त्रीहरूलाई पनि बोलाइयो

 

प्रकाशित: १९ माघ २०७९ १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =