सरकारबारे निर्णय गर्न रास्वपा बैठक बस्दै, मन्त्रीहरूलाई पनि बोलाइयो

हिमाल प्रेस १९ माघ २०७९ १४:५२
12
SHARES
सरकारबारे निर्णय गर्न रास्वपा बैठक बस्दै, मन्त्रीहरूलाई पनि बोलाइयो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक आज (बिहीबार) अपरान्ह साढे ४ बजे बस्ने भएको छ। पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकमा केन्द्रीय पदाधिकारी, सांसद र मन्त्रीहरूलाई अनिवार्य रूपमा बोलाइएको छ।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलाबाट पार्टी सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद गुमाएका थिए। अहिले पनि उनी गृहमन्त्री बन्न लागिपरेका छन्।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालय आफैँ राख्न चाहेका छन्। उनले फैसलाको पूर्णपाठ नआउँदासम्म रास्वपालाई गृह मन्त्रालय दिन नसकिने बताउँदै आएका छन्।

आजै लामिछानेले फेसबुकमा उनले आफ्नो मौनता आजसम्मका लागि मात्रै हो भनेका छन्। त्यसैले पनि आजको बैठकलाई चासोका रूपमा हेरिएको छ।

गृह मन्त्रालय नदिने अवस्थामा सरकारबाट बाहिरिनेसम्मको निर्णय हुन सक्ने रास्वपाका एक नेताले जानकारी दिए। यता एमाले अध्यक्ष केपी शर्मा ओली भने गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने पक्षमा छन्।

प्रकाशित: १९ माघ २०७९ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =