थुनुवा भागेपछि तीन प्रहरी निलम्बनमा

हिमाल प्रेस १७ माघ २०७९ १६:४०
50
SHARES
थुनुवा भागेपछि तीन प्रहरी निलम्बनमा

जनकपुरधाम- धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ जना थुनुवा फरार भएपछि तीन जना प्रहरी निलम्बनमा परेका छन्। सोमबार बिहान थुनुवा कक्षको भित्तो फोडेर ६ जना थुनुवा फरार भएपछि हिरासत कक्षका अधिकृतसहित ३ जना प्रहरी निलम्बनमा परेका हुन्।

निलम्बन पर्नेमा महेन्द्रनगरको हिरासत कक्षका अधिकृत असई अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगर छन्। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुमन तिम्सिनाका अनुसार थुनुवा फरार घटनाको छानबिन गर्न एसएसपी मनोजकुमार यादवको संयोजकत्वमा समिति पनि गठन भएको छ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले समेत प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मेवारी नयाँ इन्सपेक्टरलाई छिट्टै दिइने उनको भनाइ छ। ‘इन्सपेक्टर बेचन यादवलाई जिम्मेवारी बाट मुक्त गरिएको छैन,’ प्रहरी नायब उपरीक्षक क्षेत्रीले भने ‘नयाँ इन्सपेक्टर बाट हटाईए, अर्काे इन्सपेक्टर आए लगत्तै जिम्मेवारीबाट मुक्त गरिने वा निलम्बन गरिने विषयमा निर्णय लिइनेछ।’

फरार भएका थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी ५ जना फरार छन्। फरार थुनुवामध्ये रोशन महतोलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो। उनी माथी हातहतियार खरखजाना मुद्दा चलिरहेको छ। महतोलाई हतियारसहित प्रहरीले गत शनिबार मात्रै पक्राउ गरेर सार्वजनिक गरेको थियो।

हातहतियार मुद्दाका शंकर सिंह, लागूऔषध मुद्दा लागेका विनोदकुमार शर्मा र अमित मण्डल र राष्ट्र सेवक बाधा मुद्दाका रोशन यादव र हरिदीप सिंह अझै फरार छन्।

प्रकाशित: १७ माघ २०७९ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =