नेपाल प्रहरीमा थप दुई डीआईजी पद

हिमाल प्रेस २५ चैत २०८० १८:२२
2.5k
SHARES
नेपाल प्रहरीमा थप दुई डीआईजी पद फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रहरीमा थप दुई डीआईजीको दरबन्दी स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले साइबर ब्युरो र प्रहरी केनाइन कार्यालयमा प्राविधिकतर्फ दुई डीआईजी राख्नुपर्ने गृहमन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो।

साइबर ब्युरोअन्तर्गत डीआईजीमा बढुवा हुँदा नविन्द अर्याल र केनाइन महाशाखामा डा. देउती गुरुङले डीआईजी हुने अवसर पाउँछन् । उनीहरूको अवकाशसँगै उक्त दरबन्दी पनि खारेज हुने गरी विशेष दरबन्दी स्वीकृत भएको हो।

प्रकाशित: २५ चैत २०८० १८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =