अर्थमन्त्री पुनका चालक हवल्दारले एसपीका अंगरक्षक जवानलाई कुटे

हिमाल प्रेस २७ चैत २०८० १५:०८
2.8k
SHARES
अर्थमन्त्री पुनका चालक हवल्दारले एसपीका अंगरक्षक जवानलाई कुटे

काठमाडौँ- अर्थमन्त्रालयभित्र प्रहरीले प्रहरीमाथि नै कुटपिट गरेका छन्। सिंहदरबार सुरक्षा गणमा कार्यरत प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार उज्जवल भण्डारीले दुर्व्यवहार तथा कुटपिट गरेका हुन्। कुटपिटको कारण भने जवान सिंहले हवल्दार भण्डारीलाई सलाम नगरेको भन्ने बुझिएको छ।

भण्डारी अर्थमन्त्री वर्षमान पुनका गाडी चालक हुन्। जवान सिंहदरबार गणका एसपी सन्तोष तामाङका अंगरक्षक हुन्। भण्डारीले सिंहको गालामा थप्पड हानेको सिंहदरबार प्रहरी स्रोतले बताएको छ। घटना आज मंगलबार बिहान १०:३० बजेको हो।

प्रकाशित: २७ चैत २०८० १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =