मोटरसाइकलको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु

हिमाल प्रेस १३ माघ २०७९ ८:२४
2
SHARE
मोटरसाइकलको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु

धनगढी- कैलालीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ। गोदावरी नगरपालिका–३ स्थित भित्री सडक खण्डमा बिहीबार साँझ सुपप्र ०१–००९ प२३०८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र पाण्डेले ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

चन्दलाई अत्तरियाको पद्यमा अस्पतालले उपचार सम्भव नभएको भन्दै कोहलपुर रेफर गरेको थियो। दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी नगरपालिका–३ बस्ने २४ वर्षीय सुरेन्द्र भण्डारीको अवस्था पनि गम्भीर छ।

उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ माघ २०७९ ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =