सन्दीप लामिछानेको मुद्दामा आज पेसी, आउला फैसला?

हिमाल प्रेस १ जेठ २०८१ ७:११
सन्दीप लामिछानेको मुद्दामा आज पेसी, आउला फैसला? सन्दीप लामिछाने

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेसी तोकिएको छ।

गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो।

मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो।

त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो। यसअघि पनि पटकपटक यो मुद्दा पेसीमा परेको थियो। तर विभिन्न कारणले यो पेसीको सुनुवाइ भएको छैन।

प्रकाशित: १ जेठ २०८१ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =