मापदण्डमा कडाइ गर्दै क्रसर खोल्न दिने सरकारको निर्णय

हिमाल प्रेस ११ माघ २०७९ २०:१७
32
SHARES
मापदण्डमा कडाइ गर्दै क्रसर खोल्न दिने सरकारको निर्णय

काठमाडौँ- सरकारले मापदण्डलाई कडाइ गर्दै बन्द रहेका क्रसर उद्योग खुलाउने निर्णय गरेको छ। अनुमति नलिई चलेका क्रसर बन्द गर्ने, आयोजना विशेषका क्रसर आयोजना सम्पन्न भएसँगै बन्द गर्ने र मापदण्ड पुरा गर्न असार मसान्तसम्मको सीमा पनि तोक्ने निर्णय सरकारले गरेको छ।

गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै दर्ता नभएका र मापदण्ड विपरीत चलेका क्रसर बन्द गर्न निर्देशन दिएको थियो। क्रसर व्यवसायीले भने सरकारले बन्द गर्ने निर्णय गरेपछि विरोध जनाउँदै आएका थिए।

 

प्रकाशित: ११ माघ २०७९ २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =