आगलागी पीडितलाई मन्त्रीको सहयोग

हिमाल प्रेस ११ माघ २०७९ १४:११
2
SHARE
आगलागी पीडितलाई मन्त्रीको सहयोग

धनकुटा- धनकुटाको सिन्धुवा बजारका आगलागी पीडितलाई भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले आफ्नो मासिक तलबबाट कटृा हुनेगरी सहयोग उपलब्ध गराएका छन्।

उनले छथर जोरपाटी गाउँपालिका–६ स्थित सिन्धुवा बजारमा पुगेर आठ पीडितलाई ५५ हजार रुपैयाँ सहयोग गरेका हुन्। मन्त्री राईले पीडित झमक थापालाई १५ हजार रुपैयाँ, सन्तबहादुर राईलाई १० हजार रुपैयाँका साथै लीला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरलाई जनही पाँच÷पाँच हजार प्रदान गर्नुभयो । उहाँले आगजनीमा नष्ट भएको घर बनाउन पहल गरिने प्रतिबद्धता पनि जनाए।

स्थानीयवासीसँगको भेटमा मन्त्री राईले चाँडै नयाँ भूमि आयोग गठन गरेर भूमिहिनको समस्या समधान गरिने जानकारी दिए। धनकुटाको भूमिसम्बन्धी समस्या समधान गर्न जिल्लाका मालपोत अधिकृत र नापी अधिकृतसँग छलफल भइरहेको पनि उनको भनाइ थियो।

गत पुस ३० गते राति लागि हुँदा छथर जोरपाटी गाउँपालिका–६ स्थित सिन्धुवा बजारका पाँच घर जलेर नष्ट हुँदा रु ४९ लाख बराबरको धनमाल क्षति भएको थियो।

प्रकाशित: ११ माघ २०७९ १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =