कोशीको मन्त्रिपरिषद् विस्तारमा नेकपा (एस)को असन्तुष्टि

हिमाल प्रेस २६ माघ २०८० २०:२४
16
SHARES
कोशीको मन्त्रिपरिषद् विस्तारमा नेकपा (एस)को असन्तुष्टि फाइल तस्बिर।

काठमाडौँ- कोशीका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार गरेको मन्त्रिपरिषद् विस्तारप्रति सत्ता गठबन्धनकै अर्को घटक नेकपा (एकीकृत समाजवादी)ले गम्भीर असन्तोष प्रकट गरेको छ।

प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले मन्त्रिपरिषद् विस्तारका क्रममा मुख्यमन्त्रीले सहमति उल्लंघन गरेको बताएका छन्। ‘मन्त्रिपरिषद् विस्तारका क्रममा मुख्यमन्त्रीले गठबन्धनभित्र भएको सहमति उल्लघन गर्नुभएको छ,’ पूर्व मुख्यमन्त्री राईले भने ‘यो गलत छ।’ सोही कारण आफू सपथ समारोहमा अनुपस्थित रहेको राईको भनाइ छ।

मुख्यमन्त्री कार्कीले गठबन्धन दलका नेताहरुलाई सुविधा दिने र जिससहरुको अधिकार खोस्ने गरी ल्याएको अध्यादेशको पनि पूर्व मुख्यमन्त्री राईले विरोध गरेका छन्।

‘त्यो अध्यादेश पनि बिनासल्लाह ल्याएर मुख्यमन्त्रीले गठबन्धनको मर्म विपरीत काम गर्नुभयो,’ राईले थपे, ‘यो गल्ती तुरुन्तै सच्चाउन आग्रह गर्दछौं। गल्ती नसच्चायाए विकल्प खोज्न तयार रहेको जानकारी दिन्छौं। एउटा मन्त्रीका लागि सरकारमा टाँसिरहन कुनै जरुरी छैन।’

मुख्यमन्त्रीले आज (शुक्रबार) प्रदेश मन्त्रीपरिषद सदस्य विस्तार गरेर संख्या १० पुर्‍याएका छन्। मन्त्रिपरिषद्मा कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादीबाट तीन मन्त्री र एकीकृत समाजवादीबाट एक जना मन्त्री भएका छन्। गठबन्धनकै जसपा अहिलेसम्म मन्त्रीमण्डलमा सहभागी छैन।

प्रकाशित: २६ माघ २०८० २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =