राष्ट्रपति निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्छ : रमेश लेखक

हिमाल प्रेस ५ माघ २०७९ १९:०१
14
SHARES
राष्ट्रपति निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्छ : रमेश लेखक

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, कानुनको संशोधन गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।

संविधानको व्यवस्था र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन, ऐनको व्यवस्थाबीच केही विरोधाभाषहरू रहेकाले त्यसलाई समाधान गरेर अघि बढ्न सबै सहमत हुनुपर्ने उनको भनाइ छ।

संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल प्रारम्भ हुने भनेको तर ऐनले कार्यकाल समाप्त हुनुभन्दा १ महिना पहिला निर्वाचन गर्नुपर्छ भनेकाले ऐनलाई संशोधन नगरी जाँदा प्रत्येक कार्यकालमा १/१ महिना घटेर जाने उनले जिकिर गरे।

‘राष्ट्रपतिको निर्वाचनका लागि हाम्रो संविधानको व्यवस्था र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन, ऐनको व्यवस्थाबीच केही विरोधाभाषहरू छन्। राष्ट्रपतिले निर्वाचन भएकै बेला, दिनदेखि कार्यकाल प्रारम्भ हुने भनिएको छ। ऐनको कार्यकाल समाप्त हुनुभन्दा १ महिना पहिला निर्वाचन गर्नुपर्छ भनेको छ। त्यसरी जाँदा ऐनलाई संशोधन नगरीकन जाने हो भने प्रत्येक कार्यकालमा १/१ महिना घटेर जान्छ,’ उनले भने, ‘ऐन संशोधन गर्नुपर्ने अवस्था पनि भएको छ। हामीले हाम्रोतर्फबाट ऐन संशोधन गरेर संविधान र ऐनको भावनामा एकरूपता गरेर मिलाएर जाऔँ भन्ने प्रस्ताव रहन्छ।’

प्रकाशित: ५ माघ २०७९ १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =