यस्तो छ मन्त्रीहरूको वरीयता, राजेन्द्र लिङ्देनभन्दा रवि लामिछाने अगाडि

हिमाल प्रेस ३ माघ २०७९ १७:०५
58
SHARES
यस्तो छ मन्त्रीहरूको वरीयता, राजेन्द्र लिङ्देनभन्दा रवि लामिछाने अगाडि

काठमाडौँ- मन्त्रीहरूको नयाँ वरीयताक्रम निर्धारण भएको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन्।

नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम राष्ट्रपति भण्डारीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारीसमा मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गरेकी छन्। मन्त्रीहरूको शपथ पनि आजै भइसकेको छ।

नयाँ वरीयतामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल दोस्रो नम्बरमा छन्। तेस्रो नम्बरमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चौँथो वरीयतामा छन्।

लामिछानेभन्दा पछाडि पाँचौँ नम्बरमा राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन छन्।

प्रकाशित: ३ माघ २०७९ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 20 =