प्रदेश १ माओवादीका बाबुराम सभामुख बन्दै

हिमाल प्रेस २८ पुष २०७९ ८:२१
6
SHARES
प्रदेश १ माओवादीका बाबुराम सभामुख बन्दै

काठमाडौँ- प्रदेशसभाको तेस्रो बैठक आज बिहान ११ बजे बस्दै छ । प्रदेशसभा बैठकले प्रदेश सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतमलाई निर्विरोध निर्वाचित गर्ने भएको छ।

प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ। पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ। प्रदेशसभा नियमावलीको नियम ७ को उपनियम ९१० मा सभामुखको निर्वाचन संविधानको धारा १८२ को परिधिभित्र रहने गरी तोकिएको दिनमा हुनेछ र त्यसको सूचना सचिवले प्रकाशन गर्ने व्यवस्था छ।

लिखु गाउँपालिका–८ घर भइ ओखलढुंगा १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ४९ वर्षीय गौतमको प्रदेश सभामुखमा एकल उम्मेदवारी दर्ता भएको छ । उनी माओवादी पार्टीको विद्यार्थी राजनीति हुँदै पार्टीमा केन्द्रीय सदस्य छन्। प्रदेशसभा सदस्यमा निर्वाचित भएर पहिलो संसदीय अभ्यासमा नै उनी सभामुख बन्ने अबसर प्राप्त गरेका हुन्।

प्रकाशित: २८ पुष २०७९ ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =