प्रदेश १ को सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

हिमाल प्रेस २७ पुष २०७९ ७:१५
2
SHARE
प्रदेश १ को सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

इटहरी- प्रदेश १ प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ ।

सभामुखको उम्मेदवारी मनोनयन दर्ताका लागि प्रदेशसभा सचिवालयले दिएको समय अवधिभित्र गौतमको एकल उम्मेदवारीरी परेपछि निर्विरोध निर्वाचित हुने भएका छन् ।

उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी र समर्थकमा नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा रहेका छन् । उनलाई प्रतिपक्षमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको पनि समर्थन छ ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छैन । सभामुखकोे निर्वाचत यही २८ गते बिहान ११ बजे निर्वाचनको समय तोकिएको छ ।

प्रकाशित: २७ पुष २०७९ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 15 =