गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

हिमाल प्रेस २५ पुष २०७९ १५:१४
8
SHARES
गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौँ– गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद खगराज अधिकारी नियुक्त भएका छन्। संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई आज सोमबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। अधिकारीलाई आजै ५ बजे प्रदेश प्रमुखले आफ्नै निवासमा शपथ खुवाउने बताइएको छ।

अधिकारीसँगै आज नै एमालेबाट रोशन गाहा, नेकपा (माओवादी केन्द्र)बाट हरि चुमान र सुशीला सिंखडा तथा राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री बन्दैछन्।

६० सदस्यीय गण्डकी प्रदेशसभा सबैभन्दा ठूलो पार्टी कांग्रेस हो। जसमा २७ सिट कांग्रेस, २२ सिट एमाले, ८ सिट माओवादी, २ सिट राप्रपा र १ सिट एकीकृत समाजवादीको छ। मनाङबाट स्वतन्त्र रूपमा निर्विरोध राजीव गुरुङ (दीपक मनाङे) पछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। तर उनले एमालेका अधिकारीलाई स्वतन्त्रको हैसियतमा समर्थन गरेका छन्।

प्रकाशित: २५ पुष २०७९ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =