बैंकको ब्याजदर घटाउन सीएनआई अध्यक्ष अग्रवालको आग्रह

हिमाल प्रेस २५ पुष २०७९ १२:२१
4
SHARES
बैंकको ब्याजदर घटाउन सीएनआई अध्यक्ष अग्रवालको आग्रह

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णुकुमार अग्रवालले बैंकको ब्याजदर घटाउन आग्रह गरेका छन्। ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीचको एकीकृत कारोबार शुभारम्भ समारोहमा उनले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ब्याजदर घटाउन आग्रह गरेका हुन्।

‘संख्या घटेर बैंकको क्षमता बलियो बन्दै गएको छ,’ उनले भने, ‘अब तरलता सहज बनाउने बारेमा सरकार र राष्ट्र बैंकको ध्यान पुग्नुपर्‍यो।’ अध्यक्ष अग्रवालले बैंकको ब्याजदर केही कम गरे उद्योगी, व्यवसायीको मनोबल उच्च हुने बताए। अग्रवालले नयाँ सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र सुधारमै हुनुपर्ने धारणा राखे।

 

प्रकाशित: २५ पुष २०७९ १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =