सीएनआई र इन्डियन चेम्बरबीच आर्थिक सम्बन्ध विस्तारका लागि सहकार्य

हिमाल प्रेस २४ पुष २०८० १२:२३
8
SHARES
सीएनआई र इन्डियन चेम्बरबीच आर्थिक सम्बन्ध विस्तारका लागि सहकार्य

काठमाडौँ- नेपाल उद्योग परिसंघ (सीएनआई) र इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सम्झौता भएको छ।

दुई व्यापारिक संस्थाबीच युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी पनि भएको छ।

यो सम्झौताले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सरोकारवालालाई प्लाटफर्म प्रदान गर्नेछ। साथै दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुनेछ।

कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा पर्यटन, जलविद्युत, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीको अवसर रहेको भन्दै लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरे।

उनले नेपालको स्वास्थ्य सेवा, शिक्षा र चियालगायतका क्षेत्रमा भएको लगानीको अवसरहरूबारे जानकारीसमेत गराएका थिए।

इन्डियन चेम्बर अफ कमर्सका अध्यक्ष अमेया प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्त्व दिँदै दुवै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए। पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्त्व रहेको उनको भनाइ थियो।

परिसंघका उपाध्यक्ष निर्माण चौधरीले क्षेत्रीय व्यवसायीक विकासमा यूएसीको महत्त्व उल्लेख गरे। उनले यूएसीले एसियाली राष्ट्रबीचमा आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्त्पूर्ण भूिमका खेल्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =