आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकता दिन प्रस्तावित राजदूतहरूलाई परिसंघको आग्रह

हिमाल प्रेस १२ भदौ २०८० १६:०६
6
SHARES
आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकता दिन प्रस्तावित राजदूतहरूलाई परिसंघको आग्रह

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई)ले प्रस्तावित राजदूतहरूसँग आर्थिक क्षेत्रका विषयमा छलफल गरेको छ।

प्रस्तावित राजदूत संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर वली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी सहभागी अन्तरक्रियामा परिसंघले आर्थिक एजेन्डालाई प्राथमिकतामा राख्न आग्रह गरेको हो।

कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गरे। आर्थिक कूटनीतिलाई प्राथमिकता दिएर नेपालमा भएको लगानीका अवसरका बारेमा विदेशी लगानीकर्तालाई जानकारी गराउने महत्त्वपूर्ण माध्यम राजदूत हुनुपर्नेमा उनले जोड दिए।

नेपाल साँच्चिकै लगानी प्रबद्र्धन गर्न खोजिरहेको छ भन्ने सन्देश दिन नेपाली राजदूतावासको समन्वयनमा व्यवसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गरिनुपर्ने अग्रवालले बताए।

अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रबद्र्धन गर्न देश केन्द्रित आर्थिक रणनीति बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। यसका लागि परिसंघ सहकार्य गर्न तयार रहेकोसमेत उनले बताए।

अन्तरक्रियामा प्रस्तावित राजदूतहरूले आर्थिक सम्बन्ध विस्तार र निर्यात प्रबद्र्धनमा आफूहरुको ध्यान रहने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: १२ भदौ २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =