सुदूरपश्‍चिम सभामुखको निर्वाचन २८ पुसमा

हिमाल प्रेस २० पुष २०७९ १५:३१
8
SHARES
सुदूरपश्‍चिम सभामुखको निर्वाचन २८ पुसमा फाइल तस्बिर- पदमराज भट्ट/हिमाल प्रेस

धनगढी– सुदूरपश्चिम प्रदेशसभा सभामुखको निर्वाचन पुस २८ गते हुने भएको छ। प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो। दिउँसो १ बजे प्रदेशसभा भवनमा सभामुख चयनका लागि मतदान हुने सचिवालयले जनाएको छ।

२७ गते बिहान १० : ३० बजेदेखि दिउँसो २ : ३० बजेसम्म प्रदेशसभाको कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ। दिउँसो ३ बजेसम्म दर्ता भएको प्रस्तावअनुसारको नामावली प्रकाशन गर्ने, दिउँसो ४ बजेसम्म प्रस्तावमाथि दाबी विरोधको समय तोकिएको छ। ४ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने समय राखिएको छ भने २८ गते दिउँसो १ बजे मतदान हुनेछ।

प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय बैठकले माघ २ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो।

तर प्रदेशसभा सचिवालयले नियमावलीको व्यवस्थाको कारण देखाउँदै २४ घण्टा नबित्दै २८ गते सभामुखको निर्वाचन गर्ने जनाएको थियो। सोमबारको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्यले २८ गते सभामुखको निर्वाचनका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई निर्देशन दिएका थिए।

प्रकाशित: २० पुष २०७९ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =