एक वर्षमा संसारभर १० करोड मानिस विस्थापित

हिमाल प्रेस १८ पुष २०७९ ७:२७
6
SHARES
एक वर्षमा संसारभर १० करोड मानिस विस्थापित युद्धका कारण स्वदेश छाडेर पोल्यान्डतर्फ जाँदै युक्रेनी नागरिक। तस्बिर : रोयटर्स

काठमाडौँ- सन् २०२२ मा संसारभर १० करोड व्यक्ति विस्थापनमा परेका छन्। संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी एजेन्सी यूएनएचसीआरले ती मानिस बाध्यतापूर्वक घर छाड्न बाध्य भएको जनाएको हो।

यूएनएचसीआरका अनुसार एक वर्षमा विस्थापित हुने यो संख्या अहिलेसम्मकै धेरै हो। अघिल्लो वर्ष करिब नौ करोड मानिस विस्थापित भएका थिए। सबैभन्दा बढी युक्रेन, यमन, बुर्किना फासो, सिरिया, म्यानम्यारबाट नागरिकहरू विस्थापित भएका छन्। उनीहरू युद्धका कारण विस्थापनमा परेका हुन्।

विस्थापनमा परेका धेरैजसोले आफूलाई युरोपमा सुरक्षित महसुस गर्दै त्यसतर्फ लागे पनि उनीहरू मानव तस्करीको खतरामा रहेको यूएनएचसीआरको प्रतिवेदनमा उल्लेख छ। यमन लामो समयदेखि जारी हिंसाका कारण ४३ लाखभन्दा नागरिकले घर छाडेका छन्। यमनस्थित आप्रवासन सम्बन्धी राष्ट्रसंघीय एजेन्सी आईओम प्रमुख क्रिस्टा रोटेनस्टिनरले भनिन्, ‘यमनका महिला गम्भीर परिस्थितिको सामना गर्न बाध्य छन्। उनीहरूको जीवन आफ्नो नियन्त्रणमा छैन।’

यस्तै सिरियामा ११ वर्षदेखि जारी युद्धका कारण ६ लाख ७५ हजार नागरिक जोर्डनमा शरणार्थी जीवन बिताउ बाध्य भएका छन्।

प्रकाशित: १८ पुष २०७९ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =