माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

हिमाल प्रेस १७ पुष २०७९ ११:३२
4
SHARES
माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

धनगढी- माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन्। आज (आइतबार) बसेको संसदीय दलको बैठकले भट्टलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

साथै माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने जिम्मा पनि बैठकले भट्टलाई दिएको छ। भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन्। यसअघि शनिबारको बैठकमा सहमति हुन नसकेपछि आज दोस्रो दिन बैठक बसेको हो।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने आजको बैठकले चयन गरेन।

प्रकाशित: १७ पुष २०७९ ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =