जिम्मेवारी खोसिएपछि प्रचण्डलाई खगराज भट्टको पत्र : राजनीतिक जीवन समाप्त पार्न खोजियो

हिमाल प्रेस १६ फागुन २०८० १९:३५
36
SHARES
जिम्मेवारी खोसिएपछि प्रचण्डलाई खगराज भट्टको पत्र : राजनीतिक जीवन समाप्त पार्न खोजियो

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य खगराज भट्टले स्थायी समितिको निर्णयप्रति गम्भीर असहमति जनाएका छन्। उनले आफ्नो जिम्मेवारी खोसिएकामा असहमति जनाएका हुन्।
स्थायी समिति बैठकले उनलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेताबाट हटाउने र सुदूरपश्चिम इन्चार्जको पनि जिम्मेवारी खोसेको थियो।

सोही विषयमा उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेखेर असहमति जनाएका हुन्। ‘स्थायी समितिको निर्णयले मलाई मेरो राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निर्णयको रुपमा बुझेको छु,’ उनले लेखेका छन्, ‘स्थायी समितिको निर्णयबाट मेरो ३४ वर्षको राजनीतिक र संगठनात्मक जीवनलाई समाप्त पार्ने डिजाइनअन्तर्गत राजनीतिक आत्महत्याको दिशामा धकेल्ने कदमको प्रतिवाद गर्दै आगामी दिनमा सुदूरपश्चिमका हजारौँ नेता, कार्यकर्ता र लाखौँ जनसमुदायको सल्लाहबमोजिम अगाडि बढ्ने जानकारी गराउँदछु।’

प्रकाशित: १६ फागुन २०८० १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =