चुनावी समीक्षाका लागि जसपाले बोलायो बैठक

हिमाल प्रेस २ पुष २०७९ ७:४९
10
SHARES
चुनावी समीक्षाका लागि जसपाले बोलायो बैठक

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक समितिको बैठक बोलाएको छ।

आगामी पुस १८ र १९ गतेका लागि पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार बैठकका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा, विधान अधिवेशन र पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डा तय गरिएको छ।

 

प्रकाशित: २ पुष २०७९ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =