गायक वसन्त थापालाई ‘आदर्श सम्मान’

हिमाल प्रेस २८ मंसिर २०७९ १५:१४
4
SHARES
गायक वसन्त थापालाई ‘आदर्श सम्मान’

काठमाडौँ- गायक वसन्त थापाले यस वर्षको ‘आदर्श विशेष सम्मान’ पाएका छन्। बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सञ्चार सहकारी संस्थाले उनलाई सम्मानित गरेको हो।

संस्थाका संस्थापक अध्यक्ष तथा निर्वतमान सांसद मनकुमारी केसी र संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले थापालार्ई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन्।

दुई दशकयता कलाकारितामा सक्रिय थापालाई नेपाली मौलिक लोकसंगीतको जगेर्ना र विकासमा योगदान पुर्या‍एबापत सो सम्मान दिइएको हो।

गायक थापाका ‘सालको पात’, ‘खेतमा बोके झार’, ‘लोभी आँखा’लगायत गीत चर्चित छन्। हालै सार्वजनिक भएको उनको गीत ‘हुन्छ भन’ युट्युबको ट्रेन्डिङमा छ।

प्रकाशित: २८ मंसिर २०७९ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 4 =