नयाँ सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

हिमाल प्रेस २२ मंसिर २०७९ १९:४७
16
SHARES
नयाँ सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

काठमाडौँ– सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ। बिहीबार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले पार्टी संसदीय दलको विधान अनुमोदन गर्दै सरकारमा जाने निर्णय गरेको हो।

नेता सन्तोष यादवका अनुसार बैठकले समानुपातिकतर्फको नाम पनि टुंगो लगाएको छ। ‘आज केन्द्रीय समिति बैठक बस्यो। बैठकले सरकारमा जाने विषयमा पनि निर्णय गर्‍यो,’ उनले भने, ‘संसदीय दलको विधान पनि अनुमोदन भयो।’

पहिलोपटक संसदीय चुनावमा सहभागी जनाएको जनमत पार्टी राष्ट्रिय पार्टी बनिसकेको छ। यसपार्टीले प्रत्यक्षतर्फ एक सिट जितेको छ। जनमत पार्टीका अध्यक्षसमेत रहेका सिके राउतले सप्तरी–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन्। समानुपातिकतर्फ पनि यो पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको हो।

सरकारमा सहभागितालगायतका विषयमा अध्यक्ष राउत अन्य दलका शीर्ष नेतासँग भेटघाट पनि गरिरहेका छन्।

प्रकाशित: २२ मंसिर २०७९ १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =