श्रीलंकाले निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने

हिमाल प्रेस २१ मंसिर २०७९ २१:३५
32
SHARES
श्रीलंकाले निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने

काठमाडौँ– श्रीलंकाले निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य लिएको छ। सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट उक्त रकम आम्दानी हुने लक्ष्य लिइएको लगानी प्रवर्द्धन मन्त्रालयले जनाएको छ।

‘व्यावसायिक वस्तुको निर्यातबाट १४ अर्ब ८० करोड डलर र बाँकी चार अर्ब २० करोड डलर सेवा निर्यातबाट प्राप्त हुनेछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो लक्ष्य हासिल गर्न मन्त्रालयले श्रीलंकाको निर्यातको साख बढाउने, मूल्य अभिवृद्धि र उत्पादनहरूको ब्रान्डिङ गर्ने, नयाँ बजारहरूमा पहुँच बढाउने लगायत विभिन्न रणनीतिहरू लागु गरेको मन्त्रालयले जनाएको छ।

यस्तै निर्यातकर्ताहरूको संख्या बढाउने र निर्यात क्षेत्रको दक्षता बढाउने रणनीति पनि लागु गरिएको मन्त्रालयको भनाइ छ। यी रणनीति पूरा गर्न सरकारले सन् २०२३ का लागि सात लाख अमेरिकी डलर विनियोजन गरेको मन्त्रालयले जनाएको छ।

श्रीलंकामा भ्रष्टाचार वृद्धि र कोभिडका कारण विदेशी मुद्रा (डलर) को अभाव हुँदा खाद्यान्न, औषधि, इन्धनलगायतका बस्तु खरिदमा समस्या भएपछि केही महिनाअघि देशव्यापी चलेको आन्दोलनको दबाबका कारण तत्कालीन राष्ट्रपति गोतबाय राजपाक्ष र प्रधानमन्त्री महिन्दा राजपाक्ष पदबाट बाहिरिएका थिए।

प्रकाशित: २१ मंसिर २०७९ २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =