मुख्यमन्त्रीको जिम्मेवारी लिन तयार छु : राजेन्द्र राई

हिमाल प्रेस २१ मंसिर २०७९ २०:०२
6
SHARES
मुख्यमन्त्रीको जिम्मेवारी लिन तयार छु : राजेन्द्र राई फाइल तस्बिर।

इटहरी– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आगामी सरकारमा आफू नै मुख्यमन्त्रीको दाबेदार रहेको दाबी गरेका छन्। बुधबार विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रदेश १ मा अब गठन हुने सरकारमा मुख्यमन्त्रीको जिम्मेवारी लिन आफू तयार रहेको उनको भनाइ छ। ‘अब गठन हुने नयाँ सरकारमा म मुख्यमन्त्रीको दाबेदार हुँ। यो जिम्मेवारी लिन म तयार छु,’ मुख्यमन्त्री राईले भने।

नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका राई हालै सम्पन्न निर्वाचनमा सत्तागठबन्धन तर्फबाट भोजपुर १(क) बाट निर्वाचित भएका हुन्। प्रदेश १ सभामा प्रत्यक्षतर्फ नेकपा एमालेले २५, नेपाली कांग्रेसले १७, नेकपा माओवादी केन्द्रले ९, एकीकृत समाजवादीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ स्थानमा जीत निकालेका छन्।

प्रकाशित: २१ मंसिर २०७९ २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =